ललितपुर घोषणापत्र जारी गर्दै सर्वपक्षीय महासभा आज सकिने

३० असार २०६९, शनिबार १०:२९ मा प्रकाशित

काठमाडौ, ३० असार । भावी संविधानमा समावेश गरिने संङ्घीयताको स्वरुप बारे ललितपुर घोषणापत्र जारी गर्दै हिजोदेखि सुरु भएको सर्वपक्षीय महासभा आज सकिदैछ । ललितपुरको स्टाफ कलेजमा विहान ९ बजेपछि सुरु हुने दोस्रो दिनको छलफलमा संङ्घीयता र सरकारको विषय मुख्य हुने सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख तथा साना दलका प्रतिनिधी सहभागी महासभाले घोषणापत्र मार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ । सद्भावना पार्टीले राष्ट्रिय समस्याको निकासको बारेमा छलफल गर्न २ दिने सर्वपक्षीय महासभा आयोजना गरेको हो । महासभामा दलीय प्रतिनिधि, पूर्व सभासद्, नेता, आदिवासी, जनजातिसँग सम्बन्धित सङ्घसंस्थाका गरी करिब ४ सय ५० जनाको सहभागिता छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ