प्रकृतिको पूजा गरी मनाइयो उँधौली पर्व

१८ मंसिर २०७४, सोमबार ००:०६ मा प्रकाशित

काठमाडौँ, १७ मंसिर । प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उँधौली पर्व आज मनाइएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रुपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

“प्रकृतिको वरदानस्वरुप भूमिबाट उब्जनी भएको अन्न बाली पहिले प्रकृतिलाई नै अर्पण गरेर मानिसले खाने परम्परास्वरुप यो पर्व मनाउने गरिएको हो, यस पर्वलाई उँधौली र बाली लगाउनुअघि वैशाख महिनाको पूर्णिमामा प्रकृतिको पूजा गरी मनाइने पर्वलाई उँभौली भनिन्छ”, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्देनले भन्नुभयो ।

यस पर्वलाई विसं २०५० देखि बृहत्रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो । विसं २०६४ पछि सरकारले मार्गशीर्ष शुक्ल पूर्णिमाको दिनलाई उँधौली पर्वका रुपमा सार्वजनिक बिदा दिन थालेपछि पहिचानसहित रौनकता बढेको किराँत धर्मावलम्बीले जनाएका छन् । यो पर्व विशेष गरी किराँत जातिको बाहुल्यता रहेको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्नेले मनाउने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका