बैशाखामा चुनाब हुन्छः सिटौला

२९ असार २०६९, शुक्रबार १८:५६ मा प्रकाशित

झापा, २९ असार । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आउने वैशाखामा चुनाव हुने र दलहरु त्यसका सहमति जुटाउन लागि रहेको बताउनु भएको छ । आज  गृह जिल्ला झापा आउनु भएका सिटौलाले संबिधानसभाको निर्वाचन नै गर्ने या अन्य कुनै प्रकारको निर्वाचन गर्ने भन्ने बिषयमा दलहरुबीच छलफल गरेर सहमति गर्नुपर्ने बताउनुभयो । नयाँ चुनाबको बिकल्प नरहेकाले नेपाली काँग्रेसले चुनाबको तयारी शुरु गरिसकेको पनि जानकारी दिनुभयो । चुनाबबाट काँग्रेस नडराउने भएकाले चुनाबको तयारिमा जुटन समेत सिटौलाले कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । पुर्व राजा ज्ञानेन्द्रले पछिल्लो समयमा दिएको अभिब्यक्तिले जनतामा भ्रम छर्न खोजेको पनि सिटौलाले टिप्प्णी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने