वामपन्थी सरकारले चीन र भारतसँग असल सम्बन्ध स्थापित गर्छ : अध्यक्ष दाहाल

१७ मंसिर २०७४, आईतवार ०५:२६ मा प्रकाशित

कपिलवस्तु, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताउनुभएको छ ।

मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन उहाँले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको बताउनुभयो । वाम सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको उहाँको भनाइ थियो ।

मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गर्नुभयो । काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै उहाँले स–साना पार्टीलाई एकीकरण गरी अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्