रुकुम पश्चिमका दुई मतदानस्थलमा पुनःमतदान

१६ मंसिर २०७४, शनिबार ०१:११ मा प्रकाशित

रुकुम, १४ मंसिर । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो । नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट– ५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको यहाँका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । फेरि तेजाबलगायत आक्रमण हुन सक्ने जनाउँदै प्रहरीले कडा सुरक्षा दिएको थियो ।
मतदान गर्न जाने मतदातालाई समेत जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गराइएको मतदान अधिकृतले जनाएका छन् । बाँफीकोटको मतदान केन्द्रमा प्रतिनिधिसभाका लागि र आठबीसकोट नगरपालिकामा समानुपातिकका लागि पुनःमतदान भएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा