एकीकृत माओवादी केन्द्रीय समितिको बैठक भोलीसम्मको लागी स्थगित

२९ असार २०६९, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौ, २९ असार । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आजका लागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त रहनु भएको र तयारी नपुगेको भन्दै आजका लागि बैठक स्थगित गरिएको हो । केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययन गरेर पार्टी कार्यालयमा नै बुझाएपछि बैठक भोलि बस्ने गरि स्थगित गरिएको हो । भोलि बिहान ११ बजे बस्ने बैठकमा प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय सदस्य रामरिजन यादवले जानकारी दिनुभयो ।  केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले ३८ पृष्ठको राजनीतिक प्रस्ताव पेस गर्नु भएको थियो । पार्टी नेतृत्वमा शक्ति केन्द्रिकृत गर्ने र पार्टी अन्तरसङ्घर्षमा कडाई गर्ने प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा पार्टीमा अत्याधिक जनवादको प्रयोग गर्न दिइएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेकाले त्यसमा अब अङ्कुश लगाउनुपर्ने आशय ब्यक्त गरिएको छ । प्रतिवेदनमा समग्र अन्तरसङ्घर्षको समीक्षा, राजनीतिक अन्तरसङ्घर्षको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थितिको व्याख्या गरिएको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । त्यस्तै प्रतिवेदनमा १२ बुँदे समझदारीदेखि हालसम्मको राजनीतिक परिस्थिति र भावी कार्यदिशाबारे पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्