‘नेपाल पूर्ण निःशस्त्रीकरणको पक्षमा छ’

१५ मंसिर २०७४, शुक्रबार ०२:३८ मा प्रकाशित

काठमाडौँ, १४ मंसिर । नेपालले सामूहिक विनाशका हातहतियारको सधैँ विपक्षमा रहेको र त्यसप्रति आफ्नो पुरानो सैद्धान्तिक अडान दोहोर्याएको छ ।

रासायनिक हतियारसहित आम विनाशका हतियारविरुद्धका पक्षदेशको नेदरल्याण्ड्सको हेगमा जारी रासायनिक हातहतियार निषेधसम्बन्धी संगठनको २२ औँ सम्मेलनमा नेपालले आफू निःशस्त्रीकरणको पक्षमा रहेको अडान दोहो¥याएको हो ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता युरोपेली संघका लागि नेपालका राजदूत लोकबहादुर थापाले शान्ति र अहिंसाका अग्रदूत बुद्धको जन्मभूमि नेपाल विश्वका कुनै पनि मुलुक आमविनाशका हातहतियारको त्रासमा रहनु हुँदैन भन्नेमा दृढ छ भन्नुभयो ।

ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उहाँले आम विनाशका हातहतियारको उत्पादन, विस्तार र सञ्चयको विपक्षमा नेपाल सधैँ रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि बाहनामा कसैले पनि सामूहिक विनाशका हातहतियारको प्रयोग गर्न नहुने नेपालको स्पष्ट धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

भिएना । ‘चुज टु च्यालेन्ज’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ