मधेशी जनताको अधिकार रक्षाका लागि काँग्रेसलाई जिताऔँ : प्रधानमन्त्री देउवा

१५ मंसिर २०७४, शुक्रबार ०२:३२ मा प्रकाशित

सर्लाही, १४ मंसिर । प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ ।

काँग्रेस सर्लाहीद्वारा आज सदरमुकाम मलंगवामा आयोजित आमसभामा उहाँले काँग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले २००७ सालदेखिको मुलुकमा भएको हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएका बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न र मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

सम्पूर्ण मधेशी जनताको अधिकार सुनिश्चितताका लागि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन्, उहाँले भन्नुभयो–“नेपाल सबै जातजाती र भाषाभाषीको साझा मुलुक हो, त्यसैले सबै नेपालीको हकअधिकार, स्वाभिमान र सम्मानको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्छ ।”

प्रधानमन्त्री देउवाले पहाडी–मधेशी वा अरु कुनै बहानामा मुलुक विखण्डन गर्न खोज्नेलाई हैन, सबै जातजाति र भाषाभाषीको नेपाल बनाउने काँग्रेसलाई रोज्न आग्रह गर्नुभयो ।

एमाले संधै मधेश र मधेशी जनताको विरोधी पार्टी रहेकाले काँग्रेसका उम्मेदवारलाई विजय गराउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले