भोलिदेखि नेपाल चेम्बर एक्सपो २०१७

१३ मंसिर २०७४, बुधबार २३:०६ मा प्रकाशित

काठमाडौँ, १३ मसिर । नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गर्ने भएको छ ।

यही मंसिर १४ देखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।

मेलामा कुल २५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिनेछन् । पार्टनर कन्ट्री दक्षिण कोरियाका २३ तथा फोकस कन्ट्री थाइल्याण्डको १५ वटा स्टल रहने आयोजकले बताएको छ ।

चेम्बले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भोलिदेखि शुरु हुने त्यस मेलाको उद्देश्य व्यापार गर्नेभन्दा पनि कोरिया, जापान तथा थाइल्याण्डको उत्पादन तथा सामग्री उपभोक्तालाई चिनाउने रहेको बताउनुभयो ।

एक्सपोमा अटोमोबाइल, विद्युतीय सामग्री, फर्निसिङ, होम एप्लायन्स, फेसन वयेर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु आगन्तुकको आकर्षणको केन्द्र बन्ने आयोजकको आशा छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका काउन्सिलर तथा डिसिएम योल काङले दक्षिण कोरियाले नेपालको आर्थिक विकासमा सहयोग गर्दै आएको र पछिल्ला दिन दुई मुलुकबीचको व्यापार विस्तार हुँदै गएको बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर