तारा एयर दुर्घटनाग्रस्त, गम्भीर घाइतेलाई नेपालगन्ज लगियो

१३ मंसिर २०७४, बुधबार ००:५० मा प्रकाशित

सिमिकोट, १२ मंसिर । तारा एयरको विमान दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विमानका क्याप्टेनद्वय वसन्त लामा र अनुप गुरुङ, विमान परिचारिका श्रेया श्रेष्ठ तथा प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाललाई थप उपचारका लागि तार एयरकै अर्को विमानबाट नेपालगन्ज पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । दुर्घटनामा परेका अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त उक्त विमानमा चालक दलका तीनसहित १६ नेपाल प्रहरीका जवान सवार थिए । उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि खटिएर फकर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडान भर्ने क्रममा आज बिहान ९ः४५ बजे तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान दुर्घटनामा परेको थियो ।

धावन मार्ग छाड्ने बेलामा विमानको बायाँपट्टिको टायर पञ्चर भएर नियन्त्रणमा ल्याउन नसक्दा जहाज दुर्घटनामा परेको बताइएको छ । धावनमार्गबाट तल झरेर बिजुलीको खम्बामा ठक्कर खाँदा विमानको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको छ ।

नागरिक उड्डयन कार्यालयका अधिकृत भीमदत्त पन्तले दुर्घटनाका कारण पत्ता लगाउन केन्द्रबाट प्राविधिक टोली बुधबार सिमिकोट आउने जानकारी दिनुभयो । विमान दुर्घटनामा परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धार कार्य जुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्