वाम गठबन्धनले देशलाई अस्थिरतातर्फ धकेल्नेः प्रधानमन्त्री देउवा

१३ मंसिर २०७४, बुधबार ००:४७ मा प्रकाशित

तुलसीपुर, दाङ, १२ मंसिर । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रबिना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधर काँग्रेसलाई विजयी बनाउन आह्वान गर्नु भएको छ ।

काँग्रेस दाङ क्षेत्र नं ३ ले आज तुलसीपुरमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने बताउनुभयो । उहाँले सत्ता स्वार्थ, लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धन गरेको टिप्पणी गर्नुभयो । “वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ”–सभापति देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले दाङमा रहेको विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दंगाली जनतालाई काँग्रेसको पक्षमा मतदान गर्न समेत अपिल गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो । “नेपाली जनता अधिनायकवाद रोज्दैनन् यसलाई निर्वाचनमाफर्त जनताले परास्त गर्छन्”–पौडेलले भन्नुभयो ।

काँग्रेस नेता डा शशांक कोइरालाले मुलुकको समृद्धि र लोकतन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, श्रमराज्यमन्त्री तथा दाङ क्षेत्र नं ३ को (क) का उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं ३ को (ख) का उम्मेदवार बृद्धिराम भण्डारी, समानुपातितर्फका उम्मेदवार पार्वती डिसी चौधरी, शङकर गिरीलगायतले काँग्रेसका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

यसैबीच, घोराहीमा अयोजित अर्को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक दलीय कम्युनिष्ट शासन लाद्ने पार्टीलाई रोज्ने कि जनतालाई मालिक बनाउने
पार्टीलाई रोज्ने भन्ने समय आएको बताउनु भएको छ ।

कम्युनिष्टको शासन आए जनताले राम्रोसँग आफ्नो अधिकारका लागि बोल्न पनि नपाउने बताउनुभयो । “कम्युनिष्ट शासन आए अन्याय भयो भन्न र रुन पनि पाइँदैन, त्यसैले काँग्रेसलाई
जिताउनुस् । त्यसपछि मात्रै जनताको अधिकार सुनिश्चित हुन्छ ।” रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको