निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नौजना पक्राउ

१२ मंसिर २०७४, मंगलवार ०१:०५ मा प्रकाशित

कपिलवस्तु, ११ मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख शम्भु थारूसहित नौजनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका अन्यको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ