‘वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा’

१२ मंसिर २०७४, मंगलवार ०१:०१ मा प्रकाशित

सुरुङ्गा, झापा, ११ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ स्थित गौरादहमा आज आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्र्दै उहाँले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले निरङ्कुशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको र अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनावसमेत भएको बताउँदै विचार पु¥याएर मतदान गर्न आग्रह गर्नुभयो ।

सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले लोकतन्त्रको भ¥याङ चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा लैजाने प्रपञ्च मात्रै भएको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय