यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका क्रिकेट खेलाडी छनोट

२९ असार २०६९, शुक्रबार १४:५१ मा प्रकाशित

काठमाडौ, २९ असार । आगामी साउन २० देखि भदौ ११ गतेसम्म अस्ट्रेलियामा सञ्चालन हुने इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १५ सदस्यीय नेपाली क्रिकेट खेलाडी टोली आज छनोट गरेको छ । छनोटमा परेका खेलाडीमा पृथु बास्कोटा टिम कप्तान  र प्रदीप ऐरी उपकप्तान छन् । अन्य खेलाडीमा राजेश पुलामी, सागर पुन, नरेश बुढा ऐर, कृष्ण कार्की, अविनाश कर्ण, फजरुल रहमान, भुवन कार्की, हासिम अन्सारी, सुभाष खकुरेल, राहुल विश्वकर्मा, गोपालकुमार सिंह, सौरभ खनाल र रामनरेश गिरी रहेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी टिमका अन्य वैकल्पिक खेलाडीमा सुरेन्द्र चन्द, पवन श्रेष्ठ, रुपेश श्रीवास्तव र प्रजेशबहादुर सिंह छन् । टिम म्यानेजरमा सङ्घका सदस्य किरण राणा, सहायक म्यानेजरमा सङ्घका सदस्य सुनिलमान अमात्य, प्रशिक्षकमा पुवुदु दशानायके, सहायक प्रशिक्षकमा जगतबहादुर टमाटा र प्राविधिक समीक्षकमा रमन शिवाकोटी सहभागी हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन