पूर्ण प्रशन्नताका साथ मुगाबेले बहिर्गमन स्वीकारेको दाबी

१० मंसिर २०७४, आईतवार २२:०६ मा प्रकाशित

हरारे, १० मंसिर (एएफपी) । जिम्बाबेका बहिर्गमित राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो बहिर्गमनलाई स्वीकार गर्नुभएको उहाँका भान्जाले आइतबार बताउनुभएको छ ।

सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति पदबाट राजीनामा गर्न बाध्य हुनुभएका मुगाबेको स्वास्थ्य अवस्था पनि राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ वर्ष लामो शासनकाल अन्त्य भएको छ भने अर्का नेतालाई राष्ट्रपति बनाइसकिएको छ ।

“उहाँलाई सब ठिक छ, मैले उहाँलाई राम्रो अवस्थामा देखेको छु, उहाँ पूर्ण प्रसन्न पनि हुुनुहुन्छ,” मुगाबेको बहिनी सविनाको छोरा लेओ मुगाबेले एएफपीसँग भन्नुभयो ।

“उहाँले वास्तबमा अगाडिको नयाँ जीवन शुरु गरेजस्तो देखिनु भएको छ, गाँउले घरमा बस्नु भएको छ, यस्लाई उहाँले राम्रो तरिकाले लिनु भएको छ,” उहाँले थप्नुभयो ।

पूर्वराष्ट्रपति मुगाबेकी श्रीमती ग्रेस भने मुगाबेको सम्मान र सम्झनामा विश्वविद्यालय खोज्ने योजनामा केन्द्रित हुनुभएको छ ।

“मलाई उहाँको भावना र जोश जाँगर मन परेको छ, उहाँ पूरै समय मुगाबेसँगै रहनु भएको छ, उहाँ एउटा अचम्मको व्यक्ति हुनुहुन्छ,” भान्जा मुगाबेले भन्नुभयो ।

उहाँले रोबर्ट मुगाबे विश्वविद्यालयका लागि केही न केही गर्ने योजनालाई ग्रेसले निरन्तरता दिइरहनु भएको बताउनुभयो ।

जिम्बाबेले गत अगस्टमा राजधानी हरारेदेखि ३५ किलोमिटर टाढा पर्ने माजोबेमा पोष्ट ग्राजुयट विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो । त्यसैलाई उहाँले अगाडि बढाउने तयारी गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या