जिम्बाबेका नयाँ नेताद्वारा सत्ताको नेतृत्व लिने तयारी

८ मंसिर २०७४, शुक्रबार ००:०१ मा प्रकाशित

हरारे, ७ मङसिर (एएफपी) । जिम्बाबेको नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका इम्मेर्सन मनान्गाग्वाले बिहीबार पदबहालीको तयारी गर्नुभएको छ ।

गत ३७ बर्षदेखि शासन गर्दै आउनु भएका निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबेले नाटकीय तरिकाले राजीनामा दिन बाध्य भएपछि उहाँले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने हुनुभएको हो ।

मुगाबेलाई सेना र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेका हुन् भने जिम्बावेमा नयाँ लोकतान्त्रिक युग सुरु हुन लागेको दावी गरिएको छ ।

राष्ट्रपति हुन लाग्नु भएका ७५ बर्षीय इम्मेर्सनले शुक्रबार एक समारोहकाबीच जिम्मेबारी सम्हाल्न थाल्नुहुने भएको छ ।

“हामीले आजदेखि देशलाई आश्चर्यजनक पुर्ण लोकतान्त्रिक मुलुक बनाउन सुरु गरेका छौं,” उहाँले हजारौं समर्थकहरूकाबीचमा भन्नु भएको थियो ।

उहाँ ठुलो संख्यामा सुरक्षाकर्मीहरूले घेरिएर राष्ट्रपतिकै शैलीमा सत्तारुढ दल जानु–पीएफको मुख्यालयमा आईपुग्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय