पहिचानसहितको संघियपक्षबीच मोर्चाबन्दीकोलागी प्रचण्डको आब्हान

२९ असार २०६९, शुक्रबार १४:४७ मा प्रकाशित

काठमाडौ, २९ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन तथा पहिचान चाहने र नचाहने शक्तिको लडाईले नै सहमति बिथोलिएको दावी गर्नुभएको छ । सद्भावना पार्टीले आज राजधानमिा गरेको सर्वपक्षिय महासभामा सम्बोधन गर्दै प्रचण्डले परिवर्तन र समानता चाहने र नचाहनेका बीचमा भएको लडाईले सहमति हुन नसकेको बताउनुभयो । गिरिजाप्रसाद कोइराला बाँचेको भए अहिलेको अवस्था आउन नसक्ने टिप्पणी गर्दै प्रचण्डले अरु नेताहरुमा शान्ति सम्झौता र १२ बुँदे सहमतिको गहिराईको ज्ञान वा बुझाई कम भएको उहाँको भनाइ छ । अहिले १२ बुदे सहमति गलत भयो भन्ने आवाज सुनिन थाल्नु त्यसको पुष्टी भएको पनि प्रचण्डको भनाई छ । विभेदमा पारिएका, उत्पीडनमा पारिएकाहरुलाई पहिचान र अधिकार दिने मुद्दामा केन्द्रित भएर बहृत मोर्चा आवश्यक रहेको पनि बताउनुभयो । पहिचानसहितको संघियता र राज्यको अग्रगामी पक्षको रहेका दल, संघसस्था, जनतालाई एउटै मोर्चामा आउन आग्रह उहाँले गर्नुभयो । त्यस्तो मोर्चा बने मात्रै परिवर्तनसहितको निकास प्रचण्डको दाबी छ । परिवर्तनका पक्षहरु एक ठाउँमा उभिएर मोर्चा बनाएर अघि बड्न सकेनन भने प्रतिक्रान्तिको खतरा रहने प्रचण्डको टिप्पणी थियो । अहिलको सहमति संविधानसभा भित्रैबाट खोज्नुपर्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले संविधानसभा बाहिरबाट केही व्यक्ति, केही दलले गालेमेच वा अरु प्रक्रियाले गर्ने सहमति मान्य नहुने र संविधानसभा भित्रैबाट जुन विन्दुमा अड्किएको थियो त्यसैबाट सहमति गर्नुपर्ने बताउनुभयो । संविधानसभा बाहिरबाट सहमति खोजे देश दुर्घटनामा फस्ने पनि बताउनुभयो । अर्को प्रसंगमा उहाँले तत्काल प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिन सम्भव नरहेको र राजीनामा दिए सहमति भन्दा दुर्घटना निम्त्याउने बताउनुभयो । कामचलाऊ सरकारले पनि राजीनामा दिने भन्ने संसारमा कतै पनि हुन्न, प्रचण्डले भन्नुभयो, “पहिला भरपर्दो विकल्प खोज्नुपर्ने त्यसपछि मात्रै राजीनामाको कुरा हुन्छ, अन्यता दशे दुर्घटनामा जान्छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई