चुनावपछि राजपा–फोरम पार्टी एकता: अध्यक्ष यादव

५ मंसिर २०७४, मंगलवार २३:२२ मा प्रकाशित

सप्तरी, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताउनुभएको छ ।

राजविराजमा आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “ यसको सफलतापछि पार्टी एकताको प्रक्रियालाई पनि अगाडि बढाइने छ ।”

अध्यक्ष यादबले संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेशीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबी गर्नुभयो ।

मधेसको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै उहाँले मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष यादबले काँग्रेस, एमाले र माओवादी केन्द्रले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाउँदै राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनमा आफ्नो पार्टीको बहुमत आएमा सबै खालका विभेद अन्त्य गर्ने बताउँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनका लागि राज्यको लगानी बढाउनेमा जोड दिइने छ भन्नुभयो ।

उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी