ढकाल र महतसँग एक÷एक करोड धरौटी माग

५ मंसिर २०७४, मंगलवार २३:१९ मा प्रकाशित

काठमाडौँ, ५ मंसिर । विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग रु एक÷एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ ।

न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले आज महत र ढकाललाई रु एक÷एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर आजै डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् ।

तत्कालीन कर फछ्र्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ सुरु भएको थियो ।

अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा रु १० अर्बको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो । शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

अख्तियारले कर फछ्र्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब रु २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्