निर्वाचनमा अवरोध पुर्याउने कुनै पनि प्रयासको निन्दा गर्छौं: अमेरिकी दूतावास

५ मंसिर २०७४, मंगलवार ०१:३८ मा प्रकाशित

काठमाडौँ, ४ मंसिर । स्थानीय तहको तीनै चरणका निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको निर्वाचनमा उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता प्रकट गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा “हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छौं” भनिएको छ ।

“प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गर्दछौँ, हिंसाको डर त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो”–विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानुन र संविधानमा व्यवस्था भए बमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न पनि दूतावासले सबै पक्षसँग आग्रह गरेको छ ।

निर्वाचन राजनीतिक बहसको अवसर भएपनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त हुनुपर्ने दूतावासको भनाइ छ । सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।

शान्तिपूर्ण, समावेशी तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकार भएका निकायसँग सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई