क्यान्सर अस्पतालकी नर्समाथि कुटपिट

२९ असार २०६९, शुक्रबार १४:१३ मा प्रकाशित


काठमाडौं, २९ असार । क्यान्सर अस्पताल चितवनका कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारमा लापरवाही गरेर विरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालका कर्मचारीलाई कुटपिट गरेपछि अस्पताल तनावग्रस्त बनेको हो ।
ससस्त्र प्रहरीका पूर्व डिएसपी वीरबहादुर चन्दकी छोरी वर्षा चन्दको क्यान्सर रोगको उपचारका क्रममा हिजो राती मृत्यु भएको थियो । वर्षाको मृत्यु भएपछि वीरबहादुर स्वयम्ले स्टाफ नर्स अनिता भुषाललाई कुटपिट गरेर घाइते तुल्याएका थिए । अस्पतालको सेवा ठप्प तुल्याउनुका साथै कर्मचारीहरुले दोषीलाई कारबाही र सुरक्षाको माग गरेका छन् भने चितवन प्रहरीले घटनाको छानबिन भइरहेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा