चन्द्रनिगाहपुरमा बम विष्फोटमा आठ घाइते

३ मंसिर २०७४, आईतवार ००:२४ मा प्रकाशित

रौटहट, २ मंसिर । चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।

राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो ।

विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये यमुना र गोपालको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका अन्य घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेको शरीरको विभिन्न भागमा चोट लागेकोे छ ।

वाम गठबन्धनको वडा भेलामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का केन्द्रीय नेता कल्याणी खडका र युवराज भट्टराईको उपस्थिति थियो ।

वाम नेता भट्टराईले चुनावी विषयमा भेला बसिरहेको क्रममा एकसाथ विस्फोटको आवाज सुनिएको बताउनुभयो । हालसम्म विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बम विस्फोटमा संलग्नको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र