मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

१ मंसिर २०७४, शुक्रबार २३:३६ मा प्रकाशित

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसमा दुवै चरणको निर्वाचनमा चार÷चार दिन बिदा दिन सरकारसँग आग्रह गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निर्वाचन केन्द्र सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द्र लगायतका सार्वजनिक भवन तथा परिसरमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म उल्लेखित भवन तथा कार्यालय निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई भनेको छ ।

पत्रकारका लागि सूचना विभागबाट जारी परिचयपत्र

यसैगरी निर्वाचन आयोगले आगामी मंंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान तथा मतगणनाको समाचार संकलन तथा छायांकनका लागि निर्वाचन आयोगबाट विशेष पासको व्यवस्था नभएको जनाएको छ ।

स्थानीय तह निर्वाचनमा जस्तै मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य
तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सबै समाचारमाध्यमका पत्रकार÷फोटो पत्रकारले सूचना विभागबाट जारी पत्रकार परिचयपत्रका आधारमा मतदान तथा मतगणनाको समाचार संकलन गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मतदान तथा मतगणना हुने दिनमा सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार संकलन, छायांकन र तस्वीर लिन सकिने व्यवस्था मिलाइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट