भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

३० कार्तिक २०७४, बिहीबार ००:१० मा प्रकाशित

दमक, २९ कात्तिक । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा आज भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन् ।

छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो ।

त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भइरहे पनि तत्काल हुन सम्भव नदेखिएको युएनएनएचसीआरका एक अधिकारीले उल्लेख गर्नुभयो । बाँकी रहेका भुटानी शरणार्थीका विषयमा युएनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले बताउनुभयो ।
पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले जानकारी दिनुभयो ।

पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब नौ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा