इरानमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४४५ पुग्यो,राष्ट्रपति रौहानीद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण

२९ कार्तिक २०७४, बुधबार ००:४१ मा प्रकाशित

तेहरान, इरान, २८ कात्तिक । आइतबार गएकोे शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै ४४५ जनाको मृत्युभएको इरानी अधिकारीले बताएका छन् ।

इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।

यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गर्नुभएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गर्नुभएको इरानी टेलिभिजनले जनाएका छन् ।

उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्याएका छन् ।

यसैबीच भूकम्पबाट इरानलाई परेको दुःखप्रति विश्वभरबाट सहानुभूति तथा सहयोगका लागि व्यक्त गरिएका सन्देशहरू आएका बताइएको छ । विदेशमन्त्री मोहमद जावेद जरीफले इरानको पीडामा दुःख व्यक्त गर्ने सम्पूर्ण विश्वसमुदायको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय