इरानको भूकम्पबाट मृत्यु हुनेको २०७ जना

२८ कार्तिक २०७४, मंगलवार ००:३४ मा प्रकाशित

तेहरान, २७ कात्तिक । इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको समाचार छ ।

उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।

उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि २०७ जनाको शव भेटिएको छ ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन् ।
–––

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या