काँग्रेसले निर्वाचन तयारीका लागि केन्द्रीय प्रतिनिधि खटायो

२६ कार्तिक २०७४, आईतवार २३:४७ मा प्रकाशित

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आज पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

काँग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा वेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, काँग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ ।

यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरेको मुख्य सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा