लुटेरासमूहद्वारा मकवानपुरमा आमा छोरीको हत्या

२९ असार २०६९, शुक्रबार ११:४१ मा प्रकाशित

मकवानपुर, २९ असार । लुटेरा समूहले मकवानपुरको भैंसेस्थित एक घरमा लुटपाटपछि आमा छोरीको हत्या गरेको छ । गएराति भैंसे ३, कालिकाटारका ज्ञानबहादुर थापा छिमेकीको घरमा गएको समयमा लुटेराहरुले घरमा लुटपाट गरी ५० वर्षकी गंगामाया थापा र २५ वर्षकी छोरी लक्ष्मी थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । किराना पसल सञ्चालन गरेर बसेका छिमेकीको घरमा हत्या तथा लुटपाट भएपछि स्थानीयबासी त्रसित बनेका छन् । प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम