सबै भाषा र संस्कृतिको जगेर्ना गर्न सरकार प्रतिबद्व रहेको प्रधानमन्त्रीको भनाइ

२९ असार २०६९, शुक्रबार ११:४० मा प्रकाशित


काठमाडौ, २९ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको भाषा संस्कृतिको विकासको लागि सरकारले आवश्यक पहल गर्ने बताउनु भएको छ । नेपालको भाषा, संस्कृति संसारकै मौलिक र पुरानो भएकाले यसको जगर्ने गर्नु सरकार र नेपाली जनताको दायित्व भएको बताउँदै सरकारले यसबारेमा फरक प्रकारले गृहकार्य गरिरहेको स्पष्ट पार्नुभयो । आदिकवि भानुभक्त आचार्यको १ सय ९९औँ जन्मजयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भानुभक्तले नेपाली भाषलाई सम्पर्क भाषाका रूपमा विस्तार गरेको बताउनुभयो । सरकारका तर्फबाट गर्नुपर्ने सबै काम र योगदान गर्न तयार रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यसका लागि वैज्ञानिक र विशिष्ट योजना अगाडि सार्न भानु प्रतिष्ठानलाई आग्रह गर्नुभयो । देश सङ्घीयतामा प्रवेश गरिसकेको सन्र्दभमा सबै नेपाली भाषाभाषीलाई उत्तिकै सहयोग गर्न र त्यसको जगेर्ना गर्नसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले नेपाली भाषाको प्रमुख प्रचारकर्ता भानुभक्तको योगदानलाई सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाली भाषाका प्रमुख प्रचारकर्ता भएकाले भानुभक्तको योगदान अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले रानीपोखरीस्थित दरबार हाई स्कुल परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा आज बिहान माल्यार्पण गर्नुभयो । भानुको यो प्रतिमा २०१६ सालमा स्थापना गरिएको हो ।
यसैबीच १ सय ९९औँ भानु जयन्तीको उपलक्ष्यमा भानु प्रतिष्ठानले विहान राजधानी काठमाडौंमा प्रभाभफेरीको आयोजना गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको सो ¥याली पुतलीसडक, बागबजार, रत्नपार्क, रानीपोखरी, जमल, घन्टाघर हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने