संविधानसभा पुनस्थापनाको माग गर्दै पूर्वसभासदहरुको भेटवार्ता तिब्र

२९ असार २०६९, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाडौ, २९ असार । विघटित संविधानसभा पुनस्थापनाको मागगर्दै पूर्व सभासदहरुले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । पूर्वसभासदहरुले आज विहान नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई भेटेर संविधानसभा पुनस्थापना गरेर अहिलेसम्मको उपलब्धी रक्षा गर्ने आफूहरुको अभियानमा सघाउन आग्रह गरेका छन् । जवाफमा काङ्ग्रेस सभापति कोइरालाले संविधानसभाको विघटनमा काङ्ग्रेस दोषी नरहेकोभन्दै संविधानसभाको पुनस्थापनाको बारेमा पार्टीभित्र र अन्य दलहरुसँग छलफल गर्ने आश्वासन दिएको काङ्ग्रेसका पूर्वसभासद शोभाकर पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार सभापति कोइरालाले संविधान निर्माणको बारेमा देखिएका विकल्पहरु मध्ये संविधानसभा पुनस्थापना पनि एक रहेको बताउनु भएको थियो । संविधानसभा पुनस्थापनाको मागगर्दै पूर्वसभासदहरुले आजै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि छलफल गर्दैछन् । दिउँसो १ बजेपछि पार्टी कार्यालय बुद्वनगरमा हुने भेटमा दलहरुबीच भइरहेको छलफलमा संविधानसभाको पुनस्थापनालाई प्रमुखकताका साथ उठाउन आग्रह गर्ने पूर्वसभासद पराजुलीले बताउनुभयो । संविधानसभा पुनस्थापनाको माग गर्दै बिभिन्न राजनीतिक दलमा आवद्व करिब  ५० पूर्व सभासदहरुले दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।