मताधिकारबाट वञ्चित गरिए आन्दोलन – कर्मचारी

२२ कार्तिक २०७४, बुधबार २१:१७ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे ।

युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग राख्नुभयो ।

यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उहाँको भनाइ थियो ।

“निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक पटक जानकारी गराएका छौं,” उहाँले भन्नुभयो – “पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन । हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गर्छांै ।”

यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ)का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताउनुभयो ।

यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति