डा केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग

२२ कार्तिक २०७४, बुधबार २१:१४ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । प्रा डा गोविन्द केसी समूहले आज शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ ।

मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय सार्वजनिक भएकाले त्यसको यथार्थ सूचना उपलब्ध गराउन शिक्षा सचिवलाई सम्बोधन गरी निवेदन दिइएको हो ।

संविधानको २७ को सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकबमोजिम सूचना उपलब्ध गराउन डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र विनोद अर्यालको संयुक्त हस्ताक्षर गरिएको निवेदन दिइएको डा सिंहले जानकारी दिनुभयो ।

उहाँहरुले सम्बन्धन दिने सम्बन्धमा मन्त्रालयले काउन्सिललाई लेखेको पत्र, सम्बन्धनबारे सर्वोच्च अदालतको आदेश, उक्त कलेजको मुद्दाका सम्बन्धमा मन्त्रालयसँग भएका कागजात, मन्त्रालयबाट भएको टिप्पणीबारे फाइलमा भएका सबै कागजात र यस प्रकरणसम्बन्धी निर्णय प्रक्रियामा संलग्न अधिकारीको नाम, पद र जिम्मेवारीबारे मन्त्रालयसँग सूचना माग गर्नुभएको छ ।

मन्त्रालयले उक्त कलेजलाई सम्बन्धन दिन पत्र पठाएपछि डा केसीले गत सोमबार पत्रकार सम्मेलन गर्दै नियमविपरीत भएको भन्दै आपत्ति जनाउनुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्