सुरक्षा प्रदान गर्न गृहसचिवको निर्देशन

२१ कार्तिक २०७४, मंगलवार १०:४९ मा प्रकाशित

काठमाडौँ, २० कात्तिक (रासस) ः गृहसचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिअनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको आज अवलोकनका क्रममा उहाँले संघीयतालगायत बदलिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात् गर्दै नीतिगत सुधार, ऐनकानून परिमार्जन, क्षमता विकास, साधनस्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताउनुभयो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाईगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालीमको स्थिति तथा कार्ययोजनाबारे जानकारी गराउनुभयो ।

उहाँले नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण, संगठन सुधारमा वैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन, संगठन पुनःसंरचना, थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारणाबारे जानकारी गराउँदै प्रहरी संगठनले गृह मन्त्रालयसँग राखेको अपेक्षासमेत प्रस्तुत गर्नुभयो ।
––

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले