साउन १ मा बजेट ल्याउने सरकारी तयारी

२९ असार २०६९, शुक्रबार १०:१६ मा प्रकाशित

काठमाडौं, २९ असार । सरकारले आगामी वर्षको बजेट साउन १ गते ल्याउने तयारी गरेको छ । प्रर्ण बजेट नल्याउने दलीय सहमतिपछि अर्थमन्त्रालयले साउन १ गते एक तिहाई बजेट ल्याउने अन्तिम तयारी गरेको हो । अर्थमन्त्रालयका प्रवक्ता राजन दाहालले साउन १ मा बजेट आउनेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए । एक तिहाई बजेटकै विषयमा पनि दलहरुबीच अझै सहमति भने भइसकेको छैन ।
सरकारले मंसिर ७ का लागि घोषणा गरेको निर्वाचन र स्वेच्छिक अवकासमा जाने लडाकुका लागि समेत बजेट निकासा गर्ने तयारी गरे पनि प्रतिपक्षी दलहरुले त्यसको विरोध गरेका छन् । प्रवक्ता खनालले चालु आ.व.को कुल खर्चको एक तिहाई खर्चका आधारमा चार महिनाका लागि बजेटको तयारी गरिएको जानकारी दिए । अर्थमन्त्री वर्षमान पुनले चुनावका लागि करिब १० अर्ब, स्वेच्छिक अवकासमा जाने लडाकुका लागि ४ अर्ब तथा समायोजनमा जानेका लागि २ अर्ब बजेट अत्यावश्यक रहेको बताउंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको