युद्ध अपराधमा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

१४ कार्तिक २०७४, मंगलवार २०:२३ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, १४ कात्तिक । युद्ध अपराधको अभियोगमा सर्वोच्च अदालतले संजाय तोकेको पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो ।

फैसलापछि युद्ध अपराधको अभियोगी माओवादी नेता ढुंगेल लामो समय सम्म फरार रहँदै आएका थिए ।

अदालतको फैसला कार्यान्वयनका क्रममा युद्ध अपराधको अभियोगी ढुंगेललाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यसैबीच नेकपा (माओवादी केन्द्र)ले युद्ध अपराधको अभियोगी ढुंगेललाई अविलम्ब रिहा गरेर शान्ति सम्झुताको पालना गर्न आग्रह गरेको छ । उता युद्ध पिडित र मानवाधिकार क्षेत्रका संघ संस्थाहरुले ढुंगेललाई पक्राउ गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार