अध्यक्षद्वय ओली र दाहालविरुद्ध अपहेलना मुद्दा

१४ कार्तिक २०७४, मंगलवार ०६:४४ मा प्रकाशित

काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको हो ।

अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको