छैटौं राष्ट्रिय खेलकुल प्रतियोगिताको ६ लाख उदारो असुली हुन बाँकी

२९ असार २०६९, शुक्रबार ०९:५८ मा प्रकाशित

धनगढी, २९ असार । छैटौं राष्ट्रिय प्रतियोगिता आयोजकले स्थानिय होटलाई दिनु पर्ने पैसा अझै पनि नदिएको यहा“का आधा दर्जन बढी होटलहरुको दाबी छ । उनीहरुका अनुसार धनगढीमा मात्रै होटल व्यवसायीहरुको रु ५ देखि ६ लाख उदारो असुली हुन सकेको छैन । धनगढीस्थित होटल साथीले आफ्नो तीन लाख बा“की रहेको बताएको छ । त्यस्तै स्थानीय शिवशक्ति होटलले रु ३७ हजार तीन सय, दिनेश कटेजले रु ३० हजार, साथीभाई होटल एण्ड रेष्टुरेन्टले रु १३ हजार छ सय २० र होटल कञ्चनले रु ६ हजार बक्यौता बा“की रहेको बताएका छन् । यसैगरी धनगढीकै होटल ताज र गैरसरकरी संस्था महासंघले पनि आफूहरुको १६÷१६ हजार असुल हुन नसकेको बताएका छन् । अन्य होटलहरुले रु ५ देखि ६ हजारसम्मको रकमको कुनै लेखाजोखा नै नरहेको बताएका छन् । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति कैलालीको पहलमा होटल नपाएका खेलाडी र खेलपदाधिकारीहरुलाई होटल व्यवसायी संघस“गको समन्वयपछि खाने बस्ने व्यवस्था मिलाइएको छ । छैटौं राष्ट्रिय खेलकूद प्रतियोगितामा आवास तथा खानपान व्यवस्थापनका संयोजक नवीन जोशीले कुनै पनि होटलहरुको वक्यौता नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी