प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु

१० कार्तिक २०७४, शुक्रबार २०:२३ मा प्रकाशित

भक्तपुर, १० कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिनुभएको हो । निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा यादवले समानुपातिकतर्फको मतपत्र भने छाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचनका लागि समयमै आवश्यक मतपत्र छाप्ने कार्य सम्पन्न हुने र दोस्रो चरणका लागि कात्तिक १६ गतेको उम्मेदवारी मनोनयनपछि मतपत्र छाप्ने काम शुरु हुने बताउनुभयो ।

उहाँले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको मितिका सम्बन्धमा सरकारको समेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।” उहाँले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैँ उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ