झापाको बिर्तामोडमा कर्फ्यू, एकको मृत्यु

१० कार्तिक २०७४, शुक्रबार २०:१७ मा प्रकाशित

झापा, १० कात्तिक । पूर्वी नेपालको झापा जिल्लास्थित  अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुने राजगढ–८ का सुनिल पाठक, मेचीनगर–९ का अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली र बिर्तामोड– ६ का देवानन्द राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टसहित ३२ प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो