ताप्लेजुङमा भुस्याहा कुकुरको आतङ्क, स्थानियबासिन्दादेखि प्रहरी पनि आतङ्कित

२९ असार २०६९, शुक्रबार ०९:५३ मा प्रकाशित

ताप्लेजुङ, २९ असार । ताप्लेजुङमा अत्याधिक मात्रामा भुस्याहा कुकुरको संख्या बढेपछि स्थानियबासिन्दा मात्र नभई ससस्त्र प्रहरीसमेत आतङ्कित बनेका छन् । केही महिना यता सदरमुकाम फुङ्लिङ र आस पासका गाविसमा बेवारीसे कुकुरको संख्या बढेको र जथाभावि स्थानिय बासीन्दालाई टोक्न थालेको छ भने ससस्त्र प्रहरी क्याम्पमासमेत दर्जनौको संख्यामा कुकुर पसेर प्रहरीलाई नै आक्रमण गर्ने गरेको ससस्त्र प्रहरी नायव उपरीक्षक तलसीराम दाहाल बताउनुहुन्छ । प्रहरीको खाना पकाउने क्षेत्रमा अत्याधिक मात्रामा भुस्याहा कुकुर आउने गरेको र धपाउँदासमेत नजाने भएकाले ससस्त्र प्रहरी क्याम भुस्याहा कुकुरको क्याम बन्न लागेको दाहालको गुनासो गर्नुभयो । उता बेवारीसे कुकुरको टोकाईबाट दैनिक एक देखि तीन जनाको संख्यामा जिल्ला अस्पतालमा विरामिहरु आउने गरेको जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर सुर्यबहादुर गुरुङको भनाई छ । कुकुरको टोकाईबाट अस्पतालमा विरामीको संख्या बढेको छ, रेविजको सुई पनि सिमित मात्रामा आउने गरेको कारण समस्या भएको अस्पतालले जनाएको छ । यसैबीच जिल्ला पशुसेवा कार्यालयले भने जिल्लामा भुस्याहा कुकुर नियन्त्रण गर्न सजिलो नभएको प्रतिकृया दिएको छ । कार्यालय प्रमुख डाक्टर हरीनारायण यादबका अनुसार भुस्याहा कुकुर नियन्त्रण गर्न पशु अधिकारका कारण कुकुर मार्न पनि नपाईने र कुकुरका धनि पनि नभएकोले सबैलाई रेविजको सुई पनि लगाउन नसकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी