कसैले चाहेर पनि निर्वाचन सार्न सक्दैन : बाम गठबन्धनका नेताद्धय ओली र दाहाल

९ कार्तिक २०७४, बिहीबार २०:०१ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौँ, ९ कात्तिक । बाम गठबन्धनका मुख्य साझेदार दल नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि अवस्थामा निर्धारित मितिमै सम्पन्न हुनुपर्ने बताएका छन् ।

गठबन्धनका मुख्य साझेदार दलले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम स्वीकार्य नभएको बताएका हुन् । मतपत्रको विषयमा सर्वोच्च अदालतले बुधबार दिएको आदेशका कारण आसंका उब्जिएको भन्दै गठबन्धनका शिर्ष नेताद्धयले जनताको निर्वाचनप्रतिको चाहना र अपेक्षामा खेलबाड नगर्न आग्रह गरेका हुन् ।

प्तार्कार सम्मेलनमा निर्वाचन आयोगले तयार पारेको मतपत्रको ढाँचाबाट कुनै पनि नागरिक वा मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा बाधा नपुग्ने, मतपत्रमार्फत मतदाताले मन पराएको दल वा उम्मेदवार छनोट गर्न र गोपनियतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट रहेको सो अवसरमा जानकारी दिईएको थियो ।

मुलुक निर्वाचनको माहोलमा अघि बढिसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक बहस विवादमा नअल्झी घोषित समयमा नै निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान सबैले सहयोग पुर्याउन समेतआग्रह गरेका छन् ।

बुधबार सर्वोच्च अदालतले दिएको आदेशप्रति बाम गठबन्धनको ध्यानकर्षण भएको भन्दै नेताद्धयले लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्ने, लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र जनताको अधिकारलाई कुण्ठित गर्ने कार्यप्रति सजग रहनसमेत अनुरोध गरिएको छ ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बहाना र शर्तमा निर्वाचन सार्ने र सार्न खोज्ने प्रयत्न मान्य नहुने बताए । अध्यक्ष ओलीले भने, ‘संविधानले नै निर्वाचन गर्ने मिति तोकिदिएका कारण कुनै पनि बहानाबाजी चल्दैन । त्यस्तो प्रयत्न कहीँ कतैबाट भयो भने त्यो मान्य पनि हुँदैन ।’

अध्यक्ष ओलीले निर्वाचन आयोग, नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको संयुक्त छलफलमा नै सबै विषयलाई प्रष्ट पारिसकेको अवस्थामा मतपत्रको विषयलाई लिएर गरिएका अनावश्यक हल्ला र टिप्पणीसमेत स्वीकार्य नभएको उल्लेख गरे । संविधान कार्यान्वयनको प्रक्रियामा भाँजो हाल्न खोज्ने जो कोहीलाई नेपाली जनताले नसहने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समाचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको बताए । उनले भने, ‘मतपत्र दुईवटै छ । दुईवटा मतपत्र संविधानबमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन । कोही अल्झन खोज्छ भने त्यो छुट्छ ।’
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसहमतिमा नै निर्वाचन आयोगलाई यसरी नै मतपत्र छाप्न आग्रह गरेको प्रत्यक्ष र समानुपातिकको मतपत्र दुई वटा नै भएको बताए । मतपत्रसम्बन्धी विवाद समाधानका लागि आयोगले नै विशेषज्ञसहितको कार्यदल बनाइएको र सोही कार्यदलको सिफारिशअनुसार नै अर्को मतपत्र सम्भव नभएको निर्णय गरेको पनि उहाँले उल्लेख गरे ।

सर्वोच्चको बुधबारको आदेशप्रति इंगित गर्दै प्रचण्डले कार्यदलप्रति सम्मान गरेर नै आयोगले अदालतलाई जानकारी दिनुभयो । अध्यक्ष दाहालले भने, ‘मतपत्रको विषयलाई लिएर अदालतले कारण देखाउ आदेश दिएपछि हामीलाई केही चिसो पस्यो । यस्तो नहोस् । तोकिएको समयमै निर्वाचन सम्पन्न हुनुपर्छ ।’

अध्यक्ष दाहालले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको उल्लेख गर्दै उम्मेदवार मनोनयन प्रक्रिया शुरु भएपछि संसद् स्थगित भएको पुनः दोहोर्याए । समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची पेश गरी निर्वाचन प्रक्रिया शुरु भएकाले सभामुखले संसद् स्थगित मात्रै गरेको भन्दै उहाँले निर्वाचन सार्ने षड्यन्त्र भए संसद् पुनःस्थापना गर्ने संकेत गरे । दाहालले देशलाई अप्ठ्यारो नपरोस् भनेर नै आफूहरु दुःखका साथ सरकारमा रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको