
म्याड्रिड, ७ कात्तिक, (एएफपी) । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ ।
उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । क्याटालानलाई दिएका के कति अधिकारहरु फिर्ता लिने भन्ने बारेमा स्पेनको संसदमा छलफल हुनेछ ।
स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिनुभएको थियो ।
साथै त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उहाँले बताउनुभएको थियो ।
उता क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ । स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले अगावै यो बैठक बोलाएको पाइएको छ ।
स्पेनको संसद, सिनेटभन्दा एक दिन अगाडि नै अर्थात विहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको समाचारमा जनाइएको छ ।
सो क्याटालान संसदमा स्पेनको केन्द्रीय संसदले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमका विरुद्धमा अथवा सो कदमप्रति के कस्तो गृहकार्य गर्ने भन्ने बारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ ।
क्याटालान क्षेत्रीय संसद र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसदले नै एकतर्फी रुपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरु पनि आइ नै रहेका छन् ।
त्यसैले पनि अहिले क्याटालान स्वतन्त्रताको पक्षमा रहेका पृथकतावादी नेताहरुले भने स्पेनको केन्द्रीय सरकारले दिने कुनै पनि आदेश पालना नगर्ने अथवा शान्तिपूर्ण अवज्ञा गर्ने योजना बनाएको पनि बताएका छन् ।
केन्द्र सरकार क्याटालान जनताको चाहना बिपरीत लागेको आरोप पनि लगाएका बताइएको छ । त्यसैले यी सबै विषयअरुमा विहीबार बैठक बसेर क्याटलान संसदले आफ्नो योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।
साथै स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फी रुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अनुमोदन गर्नसक्नेगरी निर्णय लिन सक्ने बारेमा व्यापक समाचारहरु आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई
एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले