निकासकालागी सदभावना पार्टीको सर्वपक्षीय महासभा सुरु

२९ असार २०६९, शुक्रबार ०९:५३ मा प्रकाशित

काठमाडौ, २९ असार । सद्भावना पार्टीले राष्ट्रिय समस्याको निकासको बारेमा छलफल गर्न आजदेखि ललितपुरमा सर्वपक्षीय महासभा आयोजना गरेको छ ।  सदभावना पार्टी अध्यक्ष तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले महासभामा सङ्घीय ढाँचा, न्यायपालिका, शासकीय स्वरूप र निवार्चन पद्धति कस्तो हुने भन्नेबारे छलफल हुने बताउनुभयो । महासभामा सबै दलका अध्यक्ष, दलीय प्रतिनिधि, पूर्व सभासद्, नेता, आदिवासी, जनजातिसँग सम्बन्धित सङ्घसंस्थाका गरी करिब ४ सय ५० जनाको सहभागी रहेको बताइएको छ । ललितपुरको स्टाफ कलेजमा सुरु कार्यक्रमबाट अहिलेको राजनीतिक संकट निकासको बाटो पहिल्याउने बारेमा धारणा तय हुने नेता लक्ष्मणलालक कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार