उज्यालो नेपालमा सहकार्य गर्न एनआरएनए अध्यक्ष भट्टको आग्रह

६ कार्तिक २०७४, सोमबार २१:४२ मा प्रकाशित

टोकियो, जापान, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।

भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक कर्मभूमि जापान आउनुभएका भट्टले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विचार व्यक्त गर्नुभएको हो । विदेशमा भएका हरेक नेपालीको सपनासँग जोडिएको उज्यालो नेपाल अभियान एनआरएनएको मात्र नभएको भन्दै उहाँले देश उज्यालो बनाउन २०० मेगावाट विद्युत्को आवश्यक रहेकोले त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

यस कार्यलाई युग परिवर्तनको संज्ञा दिनुभएका भट्टले ‘नया“ युगको सुरुआत सबैको एकसाथ’ भन्ने नारा देश बनाउन रचेको बताउनुभयो । यो कार्यमा समग्र जापानवासी नेपालीको साथ सहयोग आवश्यक छ भन्दै भट्टले समग्र नेपालीले रोजेको समृद्ध देश निर्माणमा उज्यालो अभियानको नारालाई सफल पार्न विदेशमा भएका नेपालीको सहकार्य र नेपालमा भएका नेपालीबीच एकता भए असम्भव नरहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारीले भट्टलाई खादा र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली