न दाम, न रोगको पहिचान

५ कार्तिक २०७४, आईतवार २०:१३ मा प्रकाशित

आठराई, तेह्रथुम, २ कात्तिक । लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् ।

शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताउनुभयोे । “३३ वर्ष भयो अलैँची खेती गर्न थालेको, दुई वर्ष भयो रोग देखापरेको तर पत्ता लगाउन सकिएन” खनालले भन्नुभयो । “जिल्ला कृषि विकास कार्यालयबाट पनि रोगको पहिचान हुन नसकेपछि धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र पठाइयो त्यहाँबाट पनि रोग पत्ता लगाउन नसकेपछि अहिले भारत पठाएका छौँ” ।

यस क्षेत्रमा १५ जनाले १५० रोपनी जमिनमा अलैँची खेती गर्दै आएकामा रोगको पहिचान नभएपछि आजित भएको उनीहरूको दुखेसो छ ।
अघिल्लो वर्षमा प्रतिमन (४० केजी) रु एक लाख दश हजारसम्ममा बिक्री भएकोे अलैँची अहिले भने अन्तरराष्ट्रिय स्तरमा माग घटेपछि रू ३० हजारभन्दा माथि उक्लिएको छ्रैन । एकातिर बजार भाउ छैन अर्कोतिर रोगले बगान नै रित्तिने पिर थपिएको छ अध्यक्ष खनाल भन्नुहुन्छ, “राज्यबाट रोगको नाम र औषधि पत्ता लाग्न सके हामीलाई राहत मिल्ने थियो ।”

जिल्ला कृषि विकास कार्यलयका अलैँची बगान पुरानो भएको र पुराना अलैँची बोट मासेर नयाँ बिरुवा लगाउनुपर्ने प्रविधिक हरिगोपाल आचार्यले बताउनुभयो । अलैँचीको जरा, पातको पानी झर्ने भागभन्दा टाढा नजाने र चार इन्चभन्दा गहिराइमा नजाने भएको र मलजल गर्ने तरिकासम्बन्धी पर्याप्त ज्ञान कृषकमा नभएका कारण समस्या उत्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास