आज आदीकवी भानुभक्त आचार्यको १ सय ९९ औं जयन्ती

२९ असार २०६९, शुक्रबार ०९:४६ मा प्रकाशित

काठमाडौ, २९ असार । आज १ सय ९९ औं भानु जयन्ती, देशभरमा विभिन्न कार्यक्रम गरेर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइदै छ । भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानको आयोजनामा अहिले राजधानी काठमाडौंमा प्रभातफेरी निकालिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी बिभिन्न भागको परिक्रमा गरी फेरि प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा पुगेर विशेष सभामा परिणत भएको थियो । सभाको प्रधानन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । भानुजयन्ती भव्यताका साथ मनाउन भानु प्रतिष्ठानले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । देशभरमा रहेका शैक्षिक तथा साहित्यिक सङघसंस्थाहरुले पनि भानुजयन्तीको अवसर पारेर छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर भानुभक्तको कृति र ब्यक्तित्वको बारेमा छलपलल गर्दैछन् । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनु भएका भानुभक्त आचार्यले नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । भानुभक्तले संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा अनुबाद गर्नुभएको थियो । भाषाका माध्यमबाट नेपाललाई एकीकृत गर्नमा भानुभक्तको भूमिका उल्लेख्य मानिन्छ । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, लगायत कृतिहरु प्रसिद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ