माओवादी सरकारबाट तत्काल नहट्ने

३१ आश्विन २०७४, मंगलवार २०:०६ मा प्रकाशित

काठमाडौँ, ३१ असोज । नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिनुभयो । गृहमन्त्रीले भन्नुभयो “निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।”

कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा भने गृहमन्त्री शर्माले कुनै जानकारी दिनुभएन । उहाँले भन्नुभयो “निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।”

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको उहाँको भनाइ छ ।

सरकारबाट आफूहरु फिर्ता हुने जानकारीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री महरा सरकारबाट फिर्ता हुन लागेको जानकारी गराउने कार्यक्रम थियो । उपप्रधानमन्त्री महरा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्नुहुन्छ ।
गृहमन्त्री शर्माले निर्वाचन सुनिश्चितता भए आफूहरु एक मिनेट पनि सरकारमा नबस्ने प्रष्ट पार्नुभयो । मन्त्री शर्माले भन्नुभयो “हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ ।”रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्