एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

३१ आश्विन २०७४, मंगलवार ०२:५७ मा प्रकाशित

सिसृक्षा ढकाल, काठमाडौं, ३१ असोज । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को जारी ८ औं विश्व सम्मेलन अन्तर्गत सोमबार सम्पन्न भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी जमुना घले (गुरुङ) लाई ६१३ मतको भारी मतले पराजित गर्दै जापान निवासी भवन भट्ट अध्यक्ष पदमा विजयी भएका छन् । सोमबार अवेर राति सम्पन्नभै मंगलवार विहान १:०० बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार भट्ट संघको २०१७- १९ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि जमुना घलेले ५ सय ८४ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्त जर्मनी, बेलायतका कुल आचार्य र महिला उप-सभापतिमा सपिला राजभण्डारी रशिया निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा वर्तमान महासचिव बद्रि केसी पुन: विजयी भएका छन् । सचिवमा डिबी क्षेत्री र जानकी गुरुङ बेल्जियम विजयी भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा हिक्मत थापा अफ्रीका पुन: सोहि पदमा विजयी भएका छन् भने सह कोषाध्यक्षमा सोम सापकोटा डेनमार्क विजयी भएका छन् ।

क्षेत्रीय संयोजकहरुमा एसिया प्रशान्त क्षेत्रमा किरण विक्रम थापा, युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल, धर्मराज अधिकारी ओसियाना, गौरिराज जोशी उत्तर अमेरिका, राजेन्द्र कुमार शर्मा मध्यपूर्व पराजुली विजयी भएका छन् । यसैबीच नवनिर्वाचित अध्यक्ष भट्टलाई अध्यक्षमा पराजित जमुना घले ले सबैभन्दा पहिले शुभकामना दिएकी थिए । उनले सफल कार्यकालको पनि शुभकामना व्यक्त गरेका थिए ।

युवा संयोजकमा सुधन थापा र महिला संयोजकमा रजनी प्रधान विजयी भएका छन् ।

निर्वाचित अध्यक्ष भट्टले आफ्नो विजय सम्पूर्ण गैर आवासिय नेपाली विजय भएको भन्दै एनआरएनए अभियानलाई अघि बढाउन सवैको सहयोग चाहिने बताए । उनले एनआरएनएको लाप्राक परियोजना र भवन निर्माण सम्पन्न गर्दै संघलाई सामूहिक नेतृत्वमा संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष शेष घलेले प्रजातान्त्रिक अभ्यास मार्फत भएको निर्वाचन परिणाम सवैले स्विकार्नु पर्ने भन्दै निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

पोल्याण्ड । प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च