पिण्ड खाने उमेरकाले पनि ठग्न बांकी राखेनन्

२९ असार २०६९, शुक्रबार ०७:५५ मा प्रकाशित

काठमाडौं, २९ असार । संक्रमणकालीन राजनीतिक अन्योलताकासंगै हुर्कीरहेको सामाजिक तथा आर्थिक अधोगतिका कारण नेपाली समाजमा सजिलै पैसा कमाउने ‘खेती’ उर्बर रुपमा फस्टाएको पाइन्छ । यसका लागि ठगी धन्दालाई प्रमुख हतियार बनाउनेहरुको संख्या दिनानुदिन बढ्दो छ । हुंदा–हुंदा उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगिसकेका वृद्ध व्यक्तिसमेत युवाहरुलाई अनेक प्रलोभन दिएर ठग्न उद्यत् देखिनथालेका छन् । यसैको पछिल्लो उदाहरण बनेका छन् भक्तपुर घर बताउने ६५ वर्षीय बुद्धाचार्य शाक्य । गैरसरकारी संस्थामार्फत् जागिर लगाई दिने भन्दै धनकुटाका सयभन्दा बढीलाई ठगेर शाक्य फरार भएको घटना प्रकाशमा आएको छ । शाक्यले वल्र्ड इन्टरनेसनल सोसियल सभिर्स नामको संस्था खडा गरी सो फर्जी संस्थामार्फत् जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ५ सयदेखि ५ हजार ५ सय रुपैयांसम्मका दरले करिब नौ लाख रकम संकलन गरेर गत बुधबार फरार भएको प्रहरीले जनाएको छ । अधिकृत, फिल्ड कर्मचारी र सुपरभाइजर पदका लागि दरखास्त आह्वान गरी संकलित रकम लिएर शाक्य गत बुधबार फरार भएपछि पिडीतहरुले बिहीबार उनको खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।
कार्यालय सञ्चालन गर्ने भन्दै धनकुटा–७ मा शाक्यले उक्त संस्थाका लागि जनशक्ति आवश्यक परेको भन्दै स्थानीय पुष्कर जोशी लगायतको माध्यमबाट रकम संकलन गरेका थिए । जोशी लगायतका पीडितले प्रहरीमा उजुरी दिएका हुन् । अधिकांश युवालाई जागिरको प्रलोभनबाट रकम ठगी गरेको प्रहरी नायव उपरीक्षक शरदकुमार तामाङले जानकारी दिए । शाक्य पेशेवार ठग रहेको प्रहरीले अनुमान गरेको छ । धनकुटा–७ हुलाकटोलस्थित ओमप्रकाश राईको घरमा डेरा लिई बसेका शाक्यले घरमुली लगायत आसपासका पसल तथा सर्वसाधारणबाट समेत २० हजार बढी रकम ठगी गरेका छन् । घरमुली राईको समेत ९ हजार घरभाडा तिर्न बंकी रहेको बतान्छ । गत माघ पहिलो सातादेखि धनकुटाको सदरमुकाममा दुई छोराछोरी र पत्नीका साथ बस्दै आएका शाक्य धर्मकर्ममा आस्था राख्ने स्वभाव देखाउंथे । आफूले खोल्न लागेको संस्थाबाट प्राप्त मुनाफा मुलघाटस्थित विश्रान्ति वृद्धाश्रम र आर्थिक विपन्न भएका बालबालिकाका लागि खर्च गर्ने भन्दै सहजै ठगी गर्न उनी सफल रहेको पीडितहरुको कथन छ ।
शाक्यपरिवारका सबै सदस्य नै ठगी धन्दामा संलग्न रहेको अनुमान पनि प्रहरीले गरेको छ भने यसअघि इलामको पशुपतिनगर र झापाका विभिन्न स्थानबाट समेत यसैगरी ठगी गरेर उनी फरार भएको पछिल्लो अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
दिनहुं नयां–नयां ठगीका प्रकरण सार्वजनिक भइरहेको परिवेशमा बेरोजगार युवाहरुले जो पायो त्यसैको मिठा आश्वासनलाई पत्याएर रकम खर्च गर्न नहुने पाठ यस घटनाले पनि सिकाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी