काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

२८ आश्विन २०७४, शनिबार २०:२८ मा प्रकाशित

काठमाडौँ, २८ असोज । नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । समितिमा पार्टीका नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन हुनुभएको छ ।

यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा